मिडियाबाजी डटकम काठमाडौँ भाद्र २२ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।
आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो ।