नयाँ बसपार्क नजिकै अवैध रुपमा पैसा लुकाउने ठाउँमा प्रहरीको छापा, चार करोड बरामद

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १७।   राजधानीको नयाँ बसपार्क आसपासको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगदसहित छापा मारेको छ ।

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले अवैध रुपमा रकम लुकाइएको भन्ने विशेष सूचनाका आधारमा गोंगबुस्थित एक घरमा अप्रत्याशित छापा हालेको हो ।

छापामारीका क्रममा करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ । बरामद गरिएको नगद कसरी संकलन भएको र त्यसको स्रोत के हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार रकमको वास्तविक मालिक र यसको प्रयोगबारे प्रारम्भिक अनुसन्धान चलिरहेको छ भने यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर