मिडियाबाजी डटकम काठमाडौँ भाद्र १७। साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, बिओके डिबेञ्चर २०८६ का इकाईधनीले ४.४४ प्रतिशतका दरले कमाएका छन् ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज ७.४७ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २२ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।