मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ।
विहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिवेश र पार्टीका संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो।
संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने तयारी गरिएको बैठकले जनाएको छ।
पार्टीका चार केन्द्रीय विभाग, केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप सक्रिय र प्रभावशाली बनाउने निर्णय बैठकबाट गरिएको छ।
प्रदेश, जिल्ला र स्थानीय तहको संरचनालाई सुदृढ बनाउने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्ने कार्ययोजना तयार पार्ने जिम्मा सम्बन्धित प्रदेश इन्चार्जलाई दिने निर्णय गरिएको छ।
संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्तावहरू तयार पारेर सचिवालयमा पेश गर्न पनि निर्देशन दिइएको छ।