मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले यही भदौ १८ गतेदेखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
निजी विद्यालयका छाता संगठनका पदाधिकारीहरूले आज (बिहीबार) संयुक्त विज्ञप्ति जारी गरी विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग सरकारले सुनुवाइ नगरे विद्यालय बन्दको चेतावनी दिएका हुन् ।
भदौ १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनुवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्द घोषणासम्मको कार्यक्रम गर्ने’, विज्ञप्तिमा उल्लेख छ । निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने, आवासीय सुविधासहितको पूर्ण छात्रवृत्ति दिनुपर्नेलगायत विषयमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालक आन्दोलनमा उत्रिएका छन् ।