नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम साढे ७ अर्ब रुपैयाँमाथि

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्जमा दोहोरो अंकको सुधार आएको छ ।

बुधबार नेप्से ५३.०१ अंकले सुधारिएर २ हजार ८ सय १९ दशमलव एक शून्य विन्दुमा पुगेको हो । बुधबार सेन्सेटिभ इण्डेक्स ८.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०६ अंक बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ३२१ स्टकको ७२ हजार ५२८ पटकको कारोबारमा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् । विकास हाइड्रोपावरको शेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

बुधबार समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । ग्रीन भेन्चर्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको यस दिन ६५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे ५५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम साढे ४६ करोड नाघेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशत बढेको छ ।

बुधबार लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर