मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ । केही दिनअघि रौतहटमा रूवी साहको हत्या गरी सुटकेशभित्र राखेर शव फालेको आरोपमा लक्ष्मण पासवान पक्राउ परेका छन् ।
उनी आज आफैले आफैलाई आगो लगाएर घाइते भएको अवस्थामा पक्राउ परेका हुन् ।
उनले आफैलाई आगो लगाउनुअघि रूवीको हत्या आफूले गरेको स्वीकारेका छन् । उनले रूवी र आफू विद्यालयदेखि नै प्रेम सम्बन्धमा भएको पनि बताएका हुन् । आफूहरूले अदालतमा बिवाह पनि गरेको पनि खुलाएका छन् । पासवानले आफ्ना भिडिओमा रुबी आफ्नै प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ ।
आफूसँग पैसा नभएको भन्दै रूवीलाई उनकी आमाले छुटाएको, तनाव दिने गरेको साथै अन्य व्यक्तिसँग शारीरिक सम्बन्धका लागि बाध्य बनाउने गरेको दावी उनले गरेका छन् । उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने संवाद भएको पनि खुलाएका छन् ।
‘म गरिब थिएँ । उ आठ–नौ कक्षामा मसँग पढ्थी । त्यति बेलादेखि नै हाम्रो प्रेम सुरु भएको थियो । हामी १० कक्षामा पुगेपछि भागेर बिहे गर्यौँ । सीतामढी डुमरा अदालतमा विवाह गर्यौँ । फेरि नेपालको सर्लाहीमा गएर कोर्ट म्यारिज गर्यौँ । तर उसको आमाले निकै सताइन् र छुट्याइन् ।
पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीं छ ।’
‘मैले भनें मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,’ उनले भनेका छन् । यस्तै रूवीको हत्या गरेदेखि आफ्नो हात काँपिरहेको र बाँचेर के गर्नु भनेर आफैलाई आगो लगाएको पनि उनले भिडिओमा बताएका छन् । ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०-१५ वर्ष सजाय भोग्नुपर्छ,’ उनले भिडियोमा भनेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर उपचारका लागि अस्पताल पठाएको छ ।