तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन मिति

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ ।  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर