सरकार अधिनायकवादतिर उन्मुख : अग्नि सापकोटा

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ ।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् ।

उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको बताएका छन् ।

‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खासगरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनु भएको छ,’ सापकोटाले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर