अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।

आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।

झण्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरोका कारण पटक–पटक समस्या हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर