मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।