मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ । भारतीय प्रान्त राजस्थानको दौसामा बुधबार बिहान मन्दिर दर्शन गरेर फर्किरहेकाहरू सवार कार रोकिराखेको पिकअप ट्रकसँग ठोकिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजनहरूको कार पार्किङमा रहेको पिकअप ट्रकसँग ठोकिएको हो । दुर्घटनामा ७ बालबालिका र ३ महिलाको मृत्यु भएको छ ।
दुर्घटनाबारे प्रहरी अधीक्षक सागर राणाले भने, ‘खाटुश्याम मन्दिरबाट आएका भक्तजनहरू दुर्घटनाको सिकार भएको जानकारी प्राप्त भएको छ । अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट आएको छ । करिब ७–८ जनालाई जयपुरको एसएमएस अस्पतालमा रेफर गरिएको छ ।’