रवि लामिछाने बसेको कारागार अनुगमन गर्न पुग्यो मानव अधिकार टोली

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बसेको रुपन्देहीको भैरहवास्थित कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली त्यहाँ पुगेको छ ।

मानव अधिकार आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोली कारागारको अनुगमनका लागि पुगेको हो । 

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ ।  उनको बसाइबारे विभिन्न समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगसहितको टोली अनुमगन गर्न गएको हो।

तपाईंको प्रतिक्रिया

थप खबर