नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६।  हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ।

जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ।

साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल-बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ।

विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८-अंके एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६-अंके एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन्। तीमध्ये २६ कृषि उत्पादन र ७७ गैर–कृषि उत्पादन छन्, जसले विभिन्न क्षेत्रहरूमा नेपालको सम्भावना देखाउँछन्।

उत्पादन समूहका हिसाबले ‘खनिज तथा धातु’ सबैभन्दा धेरै संख्यामा रहेका छन्, भने ‘तेलविजन बियाँ, चिल्लो पदार्थ र तेल’ वर्गमा निर्यात मूल्यका हिसाबले अग्रस्थानमा छन्। यसपछि ‘कपडा’ वर्गले पनि बलियो सम्भावना देखाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर