मिडियाबाजी डटकम काठमाडौँ, साउन २३। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच एक घण्टा लामो भेटवार्ता भएको छ।
शुक्रबार श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिक विषय र पार्टी एकताका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।
यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बताएको छ । यसअघि हिजो उपाध्यक्ष श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच पनि भेटवार्ता भएको थियो ।