बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

  श्रावण २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन २२।  विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो।

अदालतले लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने सफाइ दिएको छ।  अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर