मिडियाबाजी डटकम काठमाडौँ, साउन १९ । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ।
आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो क्रममा जारी रहेको छ। पानीको बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २६ वटा ढोका खुला गरि सकिएको छ।