मिडियाबाजी डटकम काठमाडौँ श्रावण १३। हङकङमा जुनू रानाको कविताकृत ‘रातो नदी’ विमर्श कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रदीप काङदवाले रातो नदी सरल सुन्दर शैलीमा लेखिएको नारी चेतनाको शक्तिशाली विचार प्रवाह भएको आम पाठकको पहुँचमा पुग्ने भाषामा बिम्बहरू सुन्दर रूपमा राखिएकोले पुस्तक पठनीय रहेको बताए । उनले रातो नदी को १ र रातो नदी २ दुइ कविताहरूमा एकै विचार आएकोले एक मात्र राखेको भए उतम हुने टिप्पणी गरे ।
यसैगरी बज्रकुमार थुलुङ राईले रातो नदी तसलिमा नसरिन को लज्जा उपन्यास जस्तै नारी विद्रोहमा उठेको सशक्त कविताहरू रहेको ।देशको विसङ्गतिहरूमा खरो प्रहार गरिएको छ विचार राखेका थिए ।
त्यसेगरी राजकुमार राईले पुस्तक को नाम रातो नदी नै एक कविता भित्रको कविता भएर आएको बताउँदै सबै कविताहरूमा बिम्ब ,प्रतिक आलंकारिक शैली भाषा शिल्पयुक्त छ । दर्जन कविताहरूमा दर्शन छ । रातो नदी नारी चेतना , राष्ट्र प्रेम देशका विसङ्गति मिथक डायस्पोरिक जनजीवनमा लेखिएकाले एक दुई वटा कवितालाई आधार बनाएर नारीवादी पुस्तक भन्दा पुस्तकलाई न्याय नहुने बताए । कविताहरूमा दर्शन लय , प्रतिक , बिम्ब,शैली , भाषा , अलङकार सुन्दर रूपमा प्रयोग गरिएकोले ‘रातो नदी’ एक पाठकीय पुस्तक हुन पुगेको भने ।
प्रमुख अथिति साहित्यकार नेपाली महावाणिज्यउपदुत भोज कुमार भट्टराईले रातो नदी कविता शक्तिशाली कविता हो नारी चेतना विद्रोह हो बोल्न नसक्ने महिलाहरू आवाज हो उत्पिडनका आवाज हो उनिहरूको पिडा रातो नदी माध्यमबाट आएको बताए । कार्यक्रममा चन्द्र मादेन आन्छन , रीता गुरूङ , दाजु गुरूङ , अरूण गुरूङले शुभकामना मन्तव्य दिएको थियो । कार्यक्रममा रातो नदी का कविताहरू डाक्टर टीका गुरूङले अंग्रेजी अनुवादमा रातो नदी कविता वाचन गरे नेपालीमा कविताहरू बालिका बान्तावा , अरूणा शर्माले वाचन गरेका थिए ।
कवि जुनू रानाले कविता वाचन सहित कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद प्रकट गरेको थिइन् ।साहित्यकारहरू बालिका बान्तावा , नविन सुहाङ्ग, डोम राना , किन्नदर राई , मेख आले , अरूण शर्मा , सुनिता गिरी जुनकिरी , हेम लवाती लगयत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू साहित्य अनुरागीहरूको भव्य उपस्थिति रहेको थियो।कार्यक्रमको सन्चालन रोशन याक्सो र स्वागत मन्तव्य सुनिता गिरी जुनकीरीले गरेकी थिइन्। विमर्श कार्यक्रम आयोजक हङकङ साहित्यिक साझा श्रृंखला रहेको थियो।