मिडियाबाजी डटकम काठमाडौँ, साउन १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन पठाएको ट्राभल्समाथि ‘अपरेसन’ सुरु गरेको छ ।
सम्मेलनमा सहभागी हुने भन्दै नक्कली कागजात बनाएर कार्यक्रमका निम्ति स्पेन पठाएको ट्राभल्समा सीआईबीले छापा हानेको छ ।
काठमाडौंको महाराजगजस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा एक साताअघि छापा मारिएको सीआईबी स्रोतले जानकारी दिएको छ । स्पेनको सेभियामा असार १६ देखि १९ सम्म आयोजित सम्मेलनमा सहभागी नेपालीमध्ये केही उक्त ट्राभल्समार्फत गएका खुलेको छ । सम्मेलनमा सहभागी भएर उनीहरू नेपाल नर्फिएपछि मानव तस्करीको आशंकामा देशभित्र चर्को बहस भइरहेको छ ।
उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेन पुगेका थिए । गृह मन्त्रालयले स्पेन प्रकरणबारे अनुसन्धान गर्न सीआईबीका एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा समिति बनाएको थियो । समितिले उक्त ट्राभल्समा छापामा मारेको हो ।