मिडियाबाजी डटकम काठमाडौँ, साउन १० । ललितपुरको बालकुमारीमा मिनी ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी एक युवतीको मृत्यु भएको छ ।
आज (शनिबार) बिहान साढे ४ बजेतिर ललितपुरको बालकुमारीस्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी काभ्रेकी २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि बि एन्ड बी हस्पिटल लगिएकोमा ४ः४३ बजे चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ । मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।