नेपाल लाइफ बन्यो आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी

  श्रावण ०७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ६ ।  जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीे स्थापनाको २५ औं वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । 

नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) ले शुक्रबार होटल ¥याडिसनमा आयोजना गरेको एक कार्यक्रमकाबीच माननीय महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरेका हुन् । कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । 

जीवन बीमा समुहमा नेपाल लाइफ इन्स्योरेन्सको आ.व. २०८०÷८१ को वार्षिक वित्तिय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो । यस अवार्डले यस कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रुपमा कार्यसम्पादन गर्दै आएको झल्काउँदछ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यसबाट अझ राम्रो गर्दै जानुपर्ने  जिम्मेवारी थपिएको बताए । नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका छन् । 

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नेे सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बीमितहरु, अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनीहरु, नियामक निकायहरू तथा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिएका थिए । 

तपाईंको प्रतिक्रिया

थप खबर