सांसद सिंहको व्यङग्य : विधानमै आजीवन अध्यक्ष हुने कानुनी हक सुनिश्चित गरौं

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ६ ।  प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पद नछोड्ने प्रवृत्तिप्रति व्यङग्यसहित कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नेताहरूको जीवनमा उल्लेख्य परिवर्तन आए पनि देशको अवस्थामा खासै सुधार नभएको टिप्पणी गरेका छन् ।

सिंहको यो बयान नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हद लागु गर्दा आफूले जेल बसेको १४ वर्ष घटाउनु पर्ने तर्क गरेपछि आएको हो ।

उनले व्यङ्ग्यात्मक रूपमा भनेका छन्, ‘सबै पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछोड्ने देखियो । उहाँसहितको जीवनमा गजबको परिवर्तन आए पनि देशको अवस्थामा खास्सै परिवर्तन आएको छैन । देशको अवस्था यस्तो हुँदा पनि भक्तजनको भक्तिभाव भने नयाँ उचाइमा छ । त्यो भन्दा विधानमै एक पटक अध्यक्ष भएपछि आजीवन अध्यक्ष हुन पाइने कानुनी हक सुनिश्चित गरे राम्रो होला !’

तपाईंको प्रतिक्रिया

थप खबर