मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ ।
नेप्सेमा यसदिन ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाए ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।