मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा पक्राउ

  १५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ ।   मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका छन्।काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।

काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले झालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको पुष्टि गरे।

पीडितको जाहेरीका आधारमा अदालतले गत चैत २५ गते नै झाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन।

अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर