सामान्य अंकले बढ्यो नेप्से, २१ अर्ब ४६ करोडको कारोबार

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४।  साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । यो १ महिनापछिकै उच्च कारोबार रकम हो ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यसपछि ट्रेड टावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 

त्यस्तै, समृद्धि फाइनान्सका लगानीकर्ताले आज ८.८८ प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ९८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भयो । दोस्रोमा बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर