कानून व्यवसायीसहित निर्वाचन आयोग पुग्यो रास्वपा

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् ।

उनी केही कानून व्यवसायीसहित आयोगको कार्यालय पुगेका हुन् ।

रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । यही विषयमा कुराकानी गर्न आएको बुर्लाकोटीले जानकारी दिएका छन् । ‘हामीले सबै कागजात पेश गरिसकेका छौं । अदालतले पनि कुनै स्टे अडर दिएको छैन । तर, पनि आयोगले विवरण अद्यावधिक नगरेपछि छलफलका लागि आएका हौं,’ उनले भने ।

रास्वपा निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधीन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको बुर्लाकोटी बताउँछन् । ‘मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले विवरण अद्यावधिक गर्न आयोगलाई कुनै पनि वाधा छैन,’ बुर्लाकोटीले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर