अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

  श्रावण ०२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १।   बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ। भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो ।

अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए तर पछि यसलाई सुनामी सल्लाहमा घटाए र त्यसपछि यसलाई पूर्ण रूपमा फिर्ता लिए । ‘दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छ’, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी) ले भन्यो । युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी परकम्पनहरूको समूह आएको थियो । तीमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर