सरकार भ्रष्टाचारमा लिप्त भइरहे सडकबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

  श्रावण ०२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल मोडमा रहेको बताएका छन् ।

आज (बिहीबार) ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताएका हुन् ।

अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै प्रचण्डले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको र सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए । जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो योगदान जोड्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर