मिडियाबाजी डटकम काठमाडौँ, साउन १। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पत्रकार सम्मेलन आज (बिहीबार) दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ । सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१÷०८२ को उपलब्धि सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत उनले सार्वजनिक घुस काण्डको अडियोबारे पनि प्रष्टिकरण दिने बताइएको छ ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि केपी ओली सरकारका अर्का मन्त्री अधिकारी पनि अडियो प्रकरणमा मुछिएका छन् । उनले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको छ । पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको हो । यसअघि गुप्ताको अडिओमा पनि उनको नाम जोडिएको थियो । गुप्ताले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिइसकेका छन् भने बलराम अधिकारीमाथि पनि दबाब बढ्दै छ ।