मिडियाबाजी डटकम काठमाडौँ, साउन १। सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको वैठक बस्दैछ ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने जनाइएको छ ।