लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छ : मदनकृष्ण श्रेष्ठ

  श्रावण ०१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार ३२।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको बताएका छन् ।

महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए ।

सडकहरू गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको उनले बताए । नेपालले पेट्रोल डिजेलमा अर्बौं रूपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरू सञ्चालन गर्नेकुरा राम्रो भएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर