नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत मात्र काम

  श्रावण ०१, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, असार ३२। नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ।

दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगादेखि नौबिसे सडक खण्ड अन्तर्गत १२.२ किलोमिटर र नौबिसेदेखि मलेखु खण्ड अन्तर्गत ४३.५ किलोमिटरसहित कुल ५५ किलोमिटर सडक रहेको छ।

जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा-मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले बताए।

उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरु मध्ये ८ वटा पुलहरुमा गाडी नै चल्न सुरु भइसकेका छन भने यही मसान्त सम्म बाँकी दुईवटा पुलहरुमा पनि गाडी चल्न सक्ने बनाइने छ।

बाँकी पाँच वटा पुलहरु आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। यो सबै गरेर यस आयोजनामा हाल सम्म करीब ४४ प्रतिशत काम सम्पन्न भएको उनकाे भनाइ छ।

तपाईंको प्रतिक्रिया

थप खबर