काठमाडौं महानगरले ल्यायो २५अर्ब ७६ करोडको बजेट

  असार २९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २९ ।  काठमाडौंं महानगरपालिकाले २५अर्ब ७६ करोडको बजेट पेश गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजारको बजेट विनियोजन गरेकी हुन् । 

तपाईंको प्रतिक्रिया

थप खबर