रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिष्कार गरेका छन् ।

बैठक प्रारम्भ हुनासाथ रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिष्कार जारी रहने जानकारी दिइन् । ‘नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ’, उनले भनिन्, ‘हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिष्कार गरिरहेका छौँ ।’

तपाईंको प्रतिक्रिया

थप खबर