मिडियाबाजी डटकम काठमाडौँ, असार २५ । खहरे खोलाको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चार सय बेशीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
उनका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको छ । सडक विभाग, स्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।