प्रचण्डको दावी : जति सिट भए पनि राजनीतिमा हामी संस्थापन, अरु प्रतिपक्षी

  १३ घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी केन्द्र भएको दावी गरेका छन् ।

अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेण्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएको प्रचण्डको विश्लेषण छ । उनले फेसबुकमा लेखेका छन्, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।’

उनी अगाडि थप व्याख्या गर्दै भन्छन्, ‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं । तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो।’

तपाईंको प्रतिक्रिया

थप खबर