भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ ।

गोरखाका थप दुई जना बेपत्ता भएको खुलेसँगै बेपत्ता हुनेको संख्या २० पुगेको हो । बेपत्ता हुनेमा गोरखाको पालुङ्टा नगरपालिका–६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन् । यसअघि रसुवामा तीन जना प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ गरी १८ जना बेपत्ता भएका थिए ।

नेपाली सेनाका अनुसार हालसम्म बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्। यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन् । यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर