प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ ।  सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् । हिजो सकिएको कांग्रेसको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भए पनि सरकारको गति बढाउनु पर्ने निष्कर्ष निकालेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर