मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । नेपाल धितोपत्र बोर्डले विदेशमा रहेका नेपाली नागरिकलाई शेयरका लागि दरखास्त दिन खुला रहने अवधिलाई घटाएको छ ।
बोर्डले शेयरका लागि दरखास्त दिन खुला रहने हालको १५ दिनको अवधिलाई परिमार्जन गरि न्युनतम ४ कार्यदिन कायम गरेको हो ।
उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाको नवौं संशोधनबाट उक्त व्यवस्था कायम गरिएको हो ।