निजामती विधेयकमा भएको चलखेल छानबिन गर्न बन्यो विशेष समिति, २१ दिनको समय

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे संसदीय छानबिन समितिका लागि सबै सांसदको नाम टुंगिएको छ ।

आज (सोमबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सातै सांसदको नाम टुंगिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती रहने छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की रहने छन् । सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन् । समितिलाई २१ दिनको समय दिइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर