भोजपुरमा श्रीमतीसहित एकै परिवारका चार जनाको हत्या

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ।

भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले लोकान्तरलाई जानकारी दिए । घटना राति सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । राईलाई अहिले भोजपुर अस्पताल ल्याइएको र रेफरको तयारी भइरहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर