मिडियाबाजी डटकम काठमाडौँ, असार २१ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन् ।
आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरे ।
त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन् । उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए । थापाले देशमा केही राम्रो भएको तर अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गर्दै, राम्रो कामका लागि धन्यवाद र अपुगका लागि प्रश्न गर्न आग्रह गरे । उनले विद्यार्थीहरूलाई अबको जिम्मेवारी आफूहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए ।