म कसैको निगाह र बाबु शहीद भएर सांसद भएको मान्छे होइन : रामहरि खतिवडा

  असार १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा आफ्नो संलग्नता भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

आज (बुधबार) समितिको बैठकमा सांसदहरूलाई जवाफ दिनेक्रममा उनले आफू संलग्न नभएको काममा आफ्नो प्रतिष्ठामाथि आँच आउने काम भएको बताएका छन् ।

‘यो गम्भीर अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु ।गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छु’ उनले भने । उनले आफूबाट विधेयकमा गैरकानुनी काम केही नभएको, कार्यअधिकार बाहिर कहिल्यै नगएको दाबी गरे । अहिले आफ्नो राजनीति नै सक्ने गरी प्रश्न उठाइएको भन्दै खतिवडाले आपत्ति जनाए ।

तपाईंको प्रतिक्रिया

थप खबर