६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै

  असार १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ ।  सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। ती मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन्। गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन्। हरेक वर्ष नेपाल भ्रमण गर्न आउने पर्यटक मध्ये भारतीय पर्यटक नै बढी हुने गर्दछन्।

६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन्। ५२ हजार ५१४ चीनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायति पर्यटकले नेपालको भ्रमण गरेका छन्।

त्यसैगरी, अस्ट्रेलीयाबाट २२ हजार ९५, थाइलान्डबाट १७ हजार ६३४, श्रीलंकाबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरीयाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर