मिडियाबाजी डटकम काठमाडौँ, असार १८ । नेकपा एकीकृत समाजवादीले पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधव नेपालविरुद्ध दिएको विष्फोटक अभिव्यक्तिका विषयमा नेतृ झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो ।
उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । यस अभिव्यक्तिपछि नेकपा एकीकृत समाजवादीभित्र झाँक्रीप्रति चर्को आक्रोश छ । पार्टी अध्यक्षविरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।