एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

  असार १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ ।  नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेको छ ।

एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो’, सांसद गिरीले भने, ‘जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।’

तपाईंको प्रतिक्रिया

थप खबर