संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसलाको तयारी

  असार १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ ।  संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले आज (बुधबार) निर्णय सुनाउँदै छ।

सर्वोच्च अदालतलको संवैधानिक इजलासका सबै न्यायाधीशहरु निर्णय के गर्ने भन्नेबारे केहि दिन अगाडिबाट छलफलमा जुटेका छन् ।

आज निर्णय सुनाउन मंगलबार पनि संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल सुवेदीले बहस नोट अध्ययन गरेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू मल्ल, सुवेदी, मनोजकुमार शर्मा, कुमार चुडाल छन्। न्यायाधीशहरू गहन छलफलमा गरेपछि सामान्यतया निर्णय सुनाइने कानुनी अभ्यास छ।

तपाईंको प्रतिक्रिया

थप खबर