मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । सर्वोच्च अदालतलमा प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो । त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो ।
आज (सोमबार) उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए । सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने नगरेको अर्यालले बताएका छन् । उनका अनुसार सुनुवाइ भइरहेका व्यक्तिहरू माथिको उजुरीका सन्दर्भमा थप बुझ्नु पर्ने भएकाले तत्काल अनुमोदन नभएको हो । संसदीय सुनुवाइ समितिले सामान्यतया सनुवाइ सकिए लगत्तै अनुमोदन गर्छ ।