मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । आज (सोमबार) देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको जोखिम छ ।
यस्तै कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला बहने नदीहरुमा पनि बाढी आउन सक्ने सम्भावना छ । संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव पनि आज उल्लेखय बढ्ने र आकश्मिक बाढीको सामान्य जोखिम देखिएको छ । त्यसैले ती जिल्लाका नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।