दुई मोटरसाइकल ठोक्किँएर लड्दा ट्रकले किचेर मृत्यु

  असार १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १६ ।  सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा लडेका बेला ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।

दुई मोटरसाइकल ठोक्किँदा सडकमा लडेका चालकको ट्रकले किच्दा मृत्यु भएको हो ।

खडक नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चोक नजिकै आइतबार भएको दुर्घटनामा वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर